| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाट गाउँपालिकालाई ‘ख बर्ग’को एम्बुलेन्स प्रदान

आरुघाट गाउँपालिकालाई ‘ख बर्ग’को एम्बुलेन्स प्राप्त भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद तथा नेपाली काँग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले गाउँपालिकाका अध्यक्ष राजु गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश सांसद न्यौपानेको विशेष पहलमा प्राप्त भएको एम्बुलेन्स आरुघाट गाउँपालिका वडा न. ३ श्याम्राङ आधारभुत स्वास्थ्य चौकीले संचालन गर्ने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

स्वास्थ्य संस्थाले संचालन गर्न नसकिने भएकाले पालिकाका सबै वडालाई केन्द्रित गरेर सो एम्बुलेन्स संचालन गरिने उनले बताए । शनिबार पालिकालाई प्राप्त भएकोे एम्बुलेन्समा विरामीलाई उपचारका लागि स्वास्थ्यकर्मी सहित आधारभूत उपचार हुने भएकाले पालिका भित्रका विरामीहरु अस्पतालसम्म ल्याउन र लैजान धेरै सहज हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

सरकारको नयाँ मापदण्ड अनुसार विरामीहरुलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म ल्याउन र लैजान ख बर्गको एम्बुलेन्सले धेरै सहयोग पुग्ने उनको भनाइ छ । पालिकामा विरामीका लागि आधारभुत स्वास्थ्य सुविधा सहित एम्बुलेन्स भित्रिएको यो नै पहिलो पटक भएको गाउँपालिकाले जनाएको छ ।

यससंगै गोरखामा ख बर्गको एम्बुलेन्स संख्या तीन पुगेको छ । यसअघि सहिद लखन गाउँपालिका ३ मनकामना, पालुङ्टार नगरपालिका ६ गाईखुरमा यस खालको एम्बुलेन्स प्राप्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्