| मङ्लबार, कार्तिक २४, २०८३

सिम्जुङमा भएको निशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिए

अजिरकोट गाउँपालिका–४ सिम्जुङमा सञ्चालन भएको दुई दिने निशुल्क स्त्री तथा प्रशुती रोग तथा जनरल स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् ।

अजिरकोट–४ झ्यावास्थित हिमचुली नव युवा क्लबको मुख्य आयोजना, गोरखा अस्पतालको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन काठमाडौ, मनोज एशोसियसन फ्रान्स, हुमेद ब्रेस्ट फ्रान्सको आर्थिक सहयोगमा बुधबार र विहिबार निशुल्क स्वास्थ्य शिविर भएको हो ।

शिविरको पहिलो दिन १७१ जना र दोस्रो दिन ४४० जनाले सेवा लिएको शिविरका संयोजक धनबहादुर गुरुङले बताए ।

सिम्जुङ स्वास्थ्य चौकीमा भएको शिविरको पहिलो दिन १७१ जनाको स्वास्थ्य जाँच, २६ जनाको भिडियो एक्सरे र १४ जनाको सुगर जाँच गरिएको गुरुङले बताए । दोस्रो दिन विहिबार दुई सय ५० जनाले स्वास्थ्य जाँच, ६६ जनाले भिडियो एक्सरे, ३८ जनााले सुगर परिक्षण र ८४ जनाले आँखाको जाँच गराएको उनले बताए ।

शिविरमा स्वास्थ्य परिक्षण गराएकामध्ये थप उपचार गर्नुपर्नेहरुलाई संस्थाले आर्थिक सहयोग समेत गर्ने मुटु फाउन्डेशनका अध्यक्ष गुरुडले बताए । आर्थिक अवस्था कमजोर भएकाहरुलाई वडा र पालिकाको सिफारिसमा आर्थिक सहयोग गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्