| सोमवार, कार्तिक २३, २०८३

बूढीगण्डकी कम्पनीको फिल्ड कार्यालय पो उद्घाटन ?

आज बूढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दैछन् । निर्धारित कार्यतालिका अनुसार आयोजनाको उद्घाटन गर्ने बेला बल्लतल्ल कम्पनीको फिल्ड कार्यालय उद्घाटन हुनु कसरी सन्तोषजनक हुनसक्छ र ?

२०३५ सालमा स्नो माउण्टेन इञ्जिनियरिङ कर्पोरेशनले दुईसय वा तीनसय मेगावाट विद्युत उत्पादन गर्ने मनाशय राखेर पहिलो पटक बूढीगण्डकी जलविद्युत आयोजनाको पहिचान गरेको थियो । २०३९ सालदेखि २०४१ सालसम्म सम्भाव्यता अध्ययन गरेपछि सरकारले यसको महत्वलाई नजरअन्दाज ग¥यो र लामो समयसम्म यसको फाइल गुमनाम बनायो ।

जब देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङको मार प¥यो, तब कुलेखानी जस्ता जलाशययुक्त जलविद्युत आयोजनाको खाँचो महशुस भयो । २०६७÷२०६८ मा नेपाल विद्युत प्राधिकरणले यससम्बन्धी पुराना फाइल खोतल्यो र थप अध्ययनहरू सुरु ग¥यो ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ सालमा पाँचै विकास क्षेत्रमा जलाशयुक्त जलविद्युत आयोजनाको अवधारणा विकास गरे । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनालाई अघि बढाउने प्रक्रिया सुरु भयो ।

२०६९ को कात्तिक २ गते बूढीगण्डकी विकास समिति गठन भई यसको थप प्रक्रिया अघि बढ्यो । जेडिई कन्सल्ट प्रालि र एनईएसएस प्रालिसंग सहकार्य गरी फ्रान्सको ट्रयाकबेल इञ्जिनियरिङ एसएले २०७१ सालमा यसको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरेर सरकारलाई हस्तान्तरण ग¥यो ।

२०७८ असोजभित्र आयोजना सम्पन्न भइसक्नु पर्ने थियो । सम्पन्न गरिसक्ने मितिमा जग पनि नहालेपछि सरकारले २०८३÷०८४ सम्मका लागि म्याद थप गरेको छ । राजनीतिक अस्थिरताका कारण थप भएको यो अवधिमा पनि आयोजना शिलान्यास हुने छाँटकाँट छैन । महालेखा परीक्षकको ६० औँ प्रतिवेदनअनुसार आयोजनाको २२ प्रतिशत वित्तीय प्रगति भएको छ । भौतिक प्रगति भने सुन्य प्रतिशत छ ।

सरकारले गठन गरेको विकास समितिले कार्यभार पूरा गरेर २०७४ वैशाख ७ मा समिति बिघटन भई सो आयोजनाको वातावरण, मुआव्जा वितरण पुनर्वास तथा पुनस्र्थापना इकाइ गठन भयो ।

दुईबर्षभित्र कार्यभार पूरा गर्नेगरी गठन भएको सो इकाइले चारबर्ष बितिसक्दासम्म पनि कार्यभार पूरा गर्न नसकेपछि फेरि अहिले बूढीगण्डकी जलविद्युत कम्पनी गठन भएको छ । कम्पनीको कार्यालय काठमाडौमा स्थापना भइसकेको छ, फिल्ड कार्यालयको सिउरेनीटारमा उद्घाटन गरिने भएको हो । आयोजना सम्पन्न हुनुपर्ने बेलामा कम्पनी कार्यालयको उद्घाटन हुनुपर्ने बिडम्बना छ ।

प्रतिक्रिया दिनुहोस्