| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य जोखिम संचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लाका क्रियाशिल पत्रकार र स्वास्थ्य कार्यालयबीच स्वास्थ्य जोखिम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रवार भएको कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज खड्काले कार्यालयको बार्षिक प्रगति र विद्यमान अवस्थामा देखिएका विभिन्न स्वास्थ्य सम्बन्धी रोगहरुका बारेमा जानकारी गराएका थिए ।

उनका अनुसार स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षको असार २२ गते सम्म प्रदेश सरकारबाट प्राप्त बजेटको चालु तर्फ ८७.३४ र पूजिगत तर्फ ८७.९६ प्रतिशत गरी कुल ८७.४१ प्रतिशत खर्च भएको छ । त्यस्तै संघ तर्फबाट प्राप्त भएको बजेट मध्ये चालु तर्फ ७७.४६ र पूजिगत तर्फ ९९.६६ गरी कुल ७७.६८ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।

पछिल्लो समय मानिसहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न रोगहरु देखा पर्न थालेको बताए ।

स्वास्थ रहनका लागी नियमिन व्यायम र खानपानमा बिशेष ध्यान दिन उनले आग्रह समेत गरेका छन् । कार्यक्रममा उनले पोषणको महत्व, दैनिक उपभोग गर्ने खाद्य पदार्थको गुणस्तर, दिगो विकासका लक्ष्य रसर्ने तथा नसर्ने रोगहरुका बारेमा जानकारी गराएका थिए । बर्खा लागेसँगै विभिन्न मौसमी रोगहरु देखिने भएकाले सजक रहन समेत सुझाव समेत दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले आगामी दिनहरुमा खाद्य स्वच्छताका कार्यक्रमलाई जोड दिइने बताए । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि पहल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्