| आइतवार, कार्तिक २२, २०८३

गोरखाका सहकारी संस्थाका म्यानेजरहरु संगठित


गोरखामा क्रियाशील सहकारी संस्थाका म्यानेजरहरु संगठित भएका छन् ।

शुक्रबार सम्पन्न भएको सहकारी संस्थाका म्यानेजरहरुको भेलाले हिमचुली बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा को–अपरेटिभ म्यानेजर क्लव गोरखा गठन गरेको हो ।

जसको उपाध्यक्षमा भीमकुल साकोस बोर्लाङका नवराज श्रेष्ठ, सचिवमा सप्तकोशी साकोस आरुघाटका बासुदेव लामिछाने र कोषाध्यक्षमा गोरख विकास साकोसका आशा पहाडी चयन भएका छन् ।


समितिको सदस्यहरुमा सितला साकोस आरुघाटका देवीदत्त खनाल, महिला जागरण साकोस गोरखाका अम्बिका देवी थापा, तारापुञ्ज सहकारी संस्था कट्टेलडाँडाकी संगिता सिम्खडा चयन भएका छन् ।

त्यस्तै, सिरानचोक बहुउद्देश्य सहकारी संस्था रविन अधिकारी, रानीस्वाँरा साकोस गोरखाका अन्जुला दुवाडी चयन भएको गोरखा जिल्ला बचत संघ तथा ऋण सहकारी संघ गोरखाका महासचिव सुशील अर्यालले बताए ।


गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको पहलमा गोरखा जिल्ला भित्र रहेको विभिन्न विधाका सहकारी संस्थासँग आवद्ध म्यानेजरहरु संगठन भएको उनले बताए ।


जिल्ला बचत संघका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष तारा बस्न्यात लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्