| सोमवार, कार्तिक २३, २०८३

मगरहरुको सांस्कृतिक सम्पदा खोज, पहिचान र सूचिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नं ५ अमराइमा पौवा मगर समुदायसँग रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदा खोज तथा पहिचान गरी सूचीकरण गर्ने कार्यक्रम भएको छ । गोरखा सामुदायिक सिकाइ केन्द्रको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा समुदायमा रहेका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको प्रस्तुति तथा प्रदर्शनी गरेको हो ।

सांस्कृतिक सम्पदाहरूको पहिचान र प्रवद्र्धन कार्यक्रमलाई स्थानीय समुदायको जीविकोपार्जनसँग के कसरी जोड्न सकिन्छ भन्ने खोज अभियान अन्तरगतसो कार्यक्रममा आयोजना गरिएको केन्द्रका अध्यक्ष विश्वेश्वर कट्टेलले बताए ।

उनका अनुसार सांस्कृतिक प्रवद्र्धन कार्यलाई सरोकारवाला समुदायको चासो र सरोकारको विषय बनाउने सन्दर्भमा स्थानीय मगर सांस्कृतिक सम्पदासँग सम्बन्धित नौ जना श्रोत व्यक्तिहरू रहेको एक रोष्टर तयार ग¥यो ।

कार्यक्रममा संस्थाका सदस्य शिवराम कट्टेलले सञ्चालन गरेका उक्त कार्यक्रम संस्थाका अर्का सदस्य सानुमाया बस्नेतले संस्थाको मर्म र कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रम सांस्कृतिक सम्पदाको महत्व, यसले समुदाय सदस्यहरूमा प्रदान गर्ने आत्मा सम्मान, आत्मा विश्वास र जीवनसँग यसलाई कसरी जोडेर लान सकिन्छ भन्ने सन्दर्भ सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्