| सोमवार, कार्तिक २३, २०८३

यातायात मजदुर संगठनको स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

यातायात मजदुरहरु संगठनको स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाममा दीप प्रज्वलन गरिएको छ । नेपाल यातायत स्वतन्त्र मजदुर संगठनले आफ्नो ४४ औ स्थापना दिवसको अवसरमा शनिबार दिप प्रज्वलन गरेको हो ।

गोरखा सदरमुकामको बसपार्कमा शनिबार साँझभएको दिप प्रज्वलन कार्यक्रममा नेपाल यातायात मजदुर संगठन गोरखाका अध्यक्ष शिव पोखरेल, टे«ड युनियन महासंघ (जिफन्ट) गोरखाका अध्यक्ष डिल्लीराम भट्ट लगायतको उपस्थिति रहेको जिफोनका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले बताए ।

यातायात मजदुरको हकहितका लागी काम गर्न भन्दै २०३६ असार ९ गते नेपाल यातायात मजदुर संगठन स्थापना भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्