| सोमवार, कार्तिक २३, २०८३

धार्चेको आलु सदरमुकाम ल्याउन सहज बनाऊ

गोरखाको धार्चे गाउँपालिका स्थानीय जातको आलुका लागि प्रसिद्ध छन् । धार्चेको पनि विशेषगरी गुम्दामा क्षेत्रफलका हिसाबले धेरै आलु खेती गरिन्छ । त्यसैले गुम्दालाई आलुको राजधानीको संज्ञा पनि दिने गरिन्छ ।

धार्चेमा आलु धेरै उत्पादन हुने मात्र होइन, यहाँको आलु अब्बल दर्जाको हुने गर्छ । चिसो हावापानीमा हुने र हाइब्रिडको प्रभाव नपरेकाले स्थानीय जातकै आलु पाइने हुँदा यहाँको आलु असाध्यै स्वादिष्ट हुने गर्छ ।

धार्चेका किसानको आलुखेती बिगतमा निर्वाहमुखी थियो । अहिले यसको प्रचारसंगै व्यवसायिकतातर्फ पनि उन्मुख भएको छ । आलुखेतीका लागि उपयुक्त माटो, हावापानी भएकाले यहाँका किसानलाई व्यवसायिक आलुखेतीतर्फ प्रोत्साहित गर्नुपर्छ । कृषि सम्बन्धी कार्यक्रम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरुले यस सम्बन्धी कार्यक्रम बनाई व्यवसायिक आलुखेतीतर्फ प्रवद्र्धन गर्नुपर्छ ।

सदरमुकाम तथा तल्लो भेगको भान्सामा व्यञ्जनका रुपमा लेकाली हावापानीमा उत्पादित आलुले स्थान पाउनु तल्लो भेगका उपभोक्ता र धार्चेका किसानका लागि महत्वको विषय हुनेछ । स्वास्थ्यका लागि पनि लाभदायक, स्वादका दृष्टिकोणले पनि अब्बल हुने हुँदा यसलाई तल्लो भेगमा ल्याइपु¥याउन सहज बनाउनु पर्छ । धार्चेमा फल्ने आलुलाई तल्लो भेगको बजारसम्म ल्याईपु¥याउन प्रमुखतः गाउँपालिकाले पहल कदमी गर्नुपर्छ । स्थानीय स्तरको सरकार भनेकै गाउँपालिका सरकार हो । त्यसैले प्रदेश होस् वा संघीय सरकारसंग मागजोख गरी स्थानीय सरकारले आफ्नो पालिकाको किसानको आलुखेतीलाई बजारको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

जति धेरै बजार पाउँछन्, त्यति धेरै किसानहरु आलुखेतीतर्फ उद्धत हुन्छन् । जति बजार पाउँदैनन्, त्यति नै उनीहरु आलुखेतीतर्फ निरुत्साहित हुन्छन् । त्यसैले किसानलाई मनग्य आम्दानी गर्ने वातावरण बनाउन त्यहाँको पालिकाले अगुवाइ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्