
याङ्कोटमा आयोजित निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २३५ जना लाभान्वित
गोरखा नगरपालिका १४ मा याङकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोरखा नगरपालिकाका आयोजना शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
अकला प्रा.विमा भएको निशुल्क शिविरमा गोरखा नगरपालिका १३ र १४ वडाका गरी ७३ जना पुरुष र १६२ जना महिला गरी कुल २३५ जनाले सेवा लिएको गोरखा नगरपालिका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
शिविरमा आएका विरामीलाई औषधी समेत वितरण गरिएको थियो । त्यस्तै शिविरमा १६१ जनाको ब्लड सुगर परिक्षण गरिएको उनले बताए ।
गोरखा नगरपालिका १४ का वडा अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नरदेवी आयुर्वेद विज्ञ डा बृद्धि प्रसाद पौडेल, देउराली स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।




