
गोरखाको सडकका लागि संघ सरकारबाट ९८ करोड ७३ लाख विनियोजन
गोरखाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ सरकारले ९८ करोड ७३ लाख रकम विनियोजन गरेको छ । आगामि आर्थिकबर्ष २०८०÷०८१ मा ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयबाट कार्यान्वयन गर्ने गरी सो बजेट प्राप्त भएको योजना कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार सबैभन्दा धेरै रकम बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत परेको छ । सो शीर्षकमा ५४ करोड ६० लाख रकम प्राप्त भएको छ । त्यस्तै बारपाक सडकका लागि २३ करोड ८४ लाख र बेनिघाट आरुघाट लार्के सडकका लागि १५ करोड रकम विनियोजन भएको छ ।
स्थानीय सडक पुल अन्तरगत २ करोड २७ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि २ करोड र रणनीतिक सडक पुल अन्तरगत १ करोड २ लाख रकम विनियोजन भएको सो योजना कार्यालयले जनाएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत दर्वुङफाँटदेखि लाँकुरीबोट हुदै दलभञ्ज्याङ सडक र घ्याम्पेशालबाट ताकुकोट, हुँडिखोला, स्वाँरा, सौरपानी, रन्चोक, पोखरी हुदै बारपाक जोड्ने सडक कार्यान्वयनमा छन्,’ योजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले भने, ‘दुवै सडकका लागि एक÷एक करोड रकम विनियोजन भएको छ ।’
५४ करोड ६० लाखको बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत ४१ वटा योजना छन् । ती सबै योजना संघीय सरकार अन्तरगतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनामार्फत कार्यान्वयन हुने बताइएको छ ।
छनोट भएका योजनामा दश लाखदेखि पाँच करोडसम्मका रहेको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताए ।
बिमलनगरदेखि पौवाटार, ठाँटीपोखरी, केराबारी, दुधपोखरी सडक, भीमसेनथापा गाउँपालिका वडा नम्वर २ र ४ जोड्ने धावा, कोयाभन्ज्याङ सडक, फिनामटारबाट चैनपुर, भच्चेक सडक, सातदोवाटो जोगीडिही बागडाँडा पन्थिनी गाईखुर सडक र शहिद लखन गाउँपालिकाको रामशाहघाट, मनकामना, जुम्लीचौतारा, तीनमाने सडकका लागि ५–५ करोडका दरले रकम विनियोजन भएको छ ।
त्यस्तै पालुङटारबाट हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, मुच्चोक, सिम्जुङ, घ्याच्चोक, बारपाक बैकल्पिक सहायक राजमार्गका लागि पनि ५ करोड रकम छुट्याइएको छ । गण्डकी र शहिद लखन गाउँपालिका जोड्ने बेनिघाट, धवादीघाट, ज्यामिरघाट, फिस्लिङ, बुटार, राइनासहुदै रवर उद्योग जोड्ने सडकका लागि २ करोड रकम विनियोजन भएको छ ।
ढोडेनीबाट सौरपानी, भण्डारीगाउँ जोड्ने सडक, कटहरे मड्किलो नर्सरी, सिमपानी, बिमिरे, सडकका लागि पनि दुई÷दुई करोड रकम विनियोजन भएको कार्यालयका इन्जिनियर श्रेष्ठले बताए । ‘आरुघाटबाट आरुपोखरी, देउराली, ताकुकोट, चनौटे, जौवारी जोड्ने सडक, आहालेबाट खान्चोक, कोयाभञ्ज्याड जोड्ने सडक, जोर्ती चौताराबाट, बेल्वास, चापाभन्ज्याङ, आँपपिपल अस्पताल जोड्ने सडक, सोतीबाट मान्वु, काशीगाउँ, केरौजा, दोभान जोड्ने सडक, चनौटेबाट ताकु देउराली आरुपोखरी आरुघाट सडक र बारपाकबाट लाप्राक, गुम्दा, माछीखोला सडकका लागि एक÷एक करोड रकम विनियोजन भएको छ,’ उनले भने । पालुङटार नगरपालिका वडा नम्वर १० को सातदोवाटो बागडाँडा गाईखुर सडक कालोपत्रेका लागी पनि एक करोड रकम विनियोजन भएको उनले जानकारी दिए ।
उनका अनुसार ५० लाख विनियोजन भएका धेरै योजना छन् । पानपा ७ को फलामेबाट अबण्डा, बिरुवाटार सडक, गोरखा नगरपालिकाको लक्ष्मीबजारदेखि शहिदलखन गाउँपालिकाको भालेढुंगा, अँधेरी हुदै घलेडाँडा जोड्ने सडक, अजिरकोटको सिरानडाँडाबाट घ्याच्चोक, धनसिरा, बारपाक, लाप्राक सडक निर्माण, आँपपिपल मुकुन्डाँडा पराजुलीगाउँ तेर्से हुँदै हर्मी भन्ज्याङ सडक र समिफेद डुम्रेडाँडा पाथिभरा अस्पताल आँपपिपल भन्ज्याङ मड्किलो कटहरे सडकका लागि ५०÷५० लाख रकम विनियोजन भएको छ । पानपा–१० को सातदोवाटो बागडाँडा गाईखुर सडक बज्रेडाँडा सुपारे चापपानी धौखोला खण्ड कालोपत्रे तथा ढलान सहित स्तरोन्नतिका लागि पनि ५० लाख रकम छुट्याइएको छ ।
भी.सी. थमनमार्ग सडक, कोखेभञ्ज्याड सिख्रे खान्चोक कोयापानी सडक, झिंगटे अश्राङ बोर्लाङ आरुघाट सडक, कोयापानी ताराखसे सिमलफेद दुल्लभमार्ग सडक, भीमसेन थापा चक्रपथ सडक, लक्ष्मीबजार लुदीखोला तिनमाने बतासे फुजेल भैरविथान दलभन्ज्याड सानो दर्वुड वेनीगाउँ सिउरेनीटार सडक, सिरानडाँडा सिस्ने अपुन सडक, झ्याल्लाफाँट थानिथान मादले भच्चेक धार्दिनगर काफलडाडा सडक र चारघरे लाजिकोट लुईटेल सडकका लागि पनि ५० लाखका दरले रकम विनियोजन भएको छ ।
गोरखा नगरपालिकाको ताप्ले झिंगटे अश्राङ बोर्लाङ धावा आरुघाट धादिङ जोडने सडक, बिरेन्चोक बर्थाेक सुली देउराली कुरिन्टार छापगाउँ सिर्दिखोला अमलपानी अमराईँ रिप सडक, देउलीघाट रातमाटे मुलावारी तिलारामभन्ज्याङ कमल्टार भोटेकोटे ओप्री लुइँटेल सडक, सिर्दिवास फिलिम चुम्चेत छेकम्पार ङुइला भन्ज्याड सडक, भण्डारथोक वयपानी केराबारी बुधसिंङटार खरिबोट हुदै दुधपोखरी सडक र पानपा वडा नम्वर १० को बागडाँडा लाजिकोट लुइटेल भन्ज्याङ सडकका लागी पनि ५० लाखकै दरले रकम परेको छ ।
शहिद लखन गाउँपालिकाको नाम्जुङ घैरुङ फुजेल सडक कालोपत्रेका लागी ४० लाख छुट्याइएको छ । गोनपा वडा नम्वर ३, ५ र ९ जोड्ने छेवेटार अमलापानी लामागाउँ वेनिखोला बेलौते जरेवर सडक र बुट्टार मकैसिंङ साधिखोला सडक स्तरोन्नती तथा कालोपत्रेका लागी ३०÷३० लाख रकम विनियोजन भएको छ । पन्थडिही कटहरे हर्मी शाहिलटार सडकका लागी भने १० लाख परेको कार्यालयले जनाएको छ ।
कार्यालयले बजेट विनियोजन भएका ती योजनाको डिपिआर तथा वातावरण प्रभाव मूल्याकंन (आइइइ÷इआइए) भए नभएको विवरण माग गरेको छ । पूर्वाधार बिकास कार्यालय सहित जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयले उक्त सडकमा वन क्षेत्र पर्ने नपर्ने, सडकले जोड्ने पालिका र वडा लगायतका विवरण सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ । योजनामा दोहोरोपना नल्याउनका लागि विवरण माग गरिएको कार्यालयका इन्जिनियर श्रेष्ठले बताए ।




