| आइतवार, अशोज १७, २०८३

द्रव्यशाह र गोरखा क्याम्पसमा अध्ययनरत शहिद लखनका बिद्यार्थीलाई आर्थिक सहयोग

द्रव्यशाह तथा गोरखा क्याम्पसमा अध्ययनरत शहिद लखन गाउँपालिकाका बिद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत १३ र गोरखा क्याम्पसमा अध्ययनरत ७ जनालाई पालिकाले आर्थिक सहयोग गरेको हो ।

उनीहरुलाई जनही पाँच हजारका दरले नगद सहयोग गरिएको पालिकाले जनाएको छ । गत बर्षको परिक्षामा उत्कृष्ट ग्रेड ल्याउने बिद्यार्थीलाई ‘मेरिट वेस’ को आधारमा छनोट गरी रकम वितरण गरिएको बताइएको छ । बुधवार द्रव्यशाह क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापाले बिद्यार्थीहरुलाई रकम हस्तान्तरण गरेका हुन् । पालिकाले चालु आर्थिक बर्ष २०७९÷८० मा उक्त कार्यक्रम समावेश गरेको थियो ।

पालिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्वर २ का अध्यक्ष सकुन थापा मगर, वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ, गाउँ शिक्षा समिति सदस्य खुन प्रसाद रेग्मी, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडी, गोरखा क्याम्पस प्रमुख रामशरण वानिया, सहायक क्याम्पस प्रमुख कृष्णप्यारा श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्