| आइतवार, कार्तिक २२, २०८३

गोरखाले पर्याप्त बजेट पाएन : भट्टराई

गोरखाले देशकै सबैभन्दा धेरै बजेट पाएको भनेर आलोचना भइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले केन्द्र सरकारले ल्याएको बजेट उत्साहजनक नभएको बताएका छन् । पुरानै शैलीलाई निरन्तरता दिदै रणनीतिक महत्वका योजनामा आवश्यक बजेट विनियोजन नभएको उनले जिकिर गरे ।

‘गोरखामा बजेट कनिका छरेको जस्तो आएको छ, जिल्लामा १० लाखका योजनाहरु पनि देखेको छु, यो. स्थानीय तह र प्रदेशबाट स्वत हुने कुरा हो,’ गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले भने, ‘केन्द्रले रणनीतिक महत्वका योजनाहरुमा मात्र बजेट हाल्नुपर्छ, कनिका छरे जस्तो छरिएको रकमले केही अर्थ राख्दैन ।’

बाह्रकिलो भालुस्वाँरा बारपाक सडकखण्डबाहेक जिल्लाका अन्य योजनामा बजेट नआएको उनले बताए । ‘एक अर्ब रुपैया छुटाएमा मात्र बेनिघाट–आरुघाट लार्के सडकखण्ड छिटो सम्पन्न गरेरमाथि लान सकिन्छ, तर त्यसमा बजेट छुट्याएकै छैन’, उनले भने । रणनीतिक महत्वको योजना भएपनि दुधपोखरी डकमा बजेट विनियोजन नभएको उनले दुखेसो गरे ।

पाँचवर्षसम्म चल्ने सरकारले सुरुमा रणनीतिक योजनामा ध्यान दिनुपर्ने तर लोकप्रियताका लागि सा(साना योजनामा धेरै बजेट विनियोजन गरेको भन्दै उनले असन्तुष्टी जनाए ।

केन्द्र र प्रदेश सरकारमा गोरखाको बर्चश्व रहेतापनि जनताको आवश्यकता अनुसार जिल्लामा पर्याप्त बजेट विनियोजन हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्