| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीमा हेपाटाइटिस बी विरुद्ध खोप अभियान सुरु

हेपाटाइटिसको समस्याले जकडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिका र किमोलुङ फाण्डेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्वर ३ का विभिन्न स्थानमा हेपाटाइटिस रोग विरुद्धको खोप अभियान संचालन गरिएको हो ।

अभियान अन्तरगत मंगलबार जगतमा शिविर संचालन भएको छ । पहिलो दिन ७३ पुरुष र ८७ महिला गरी कुल एक सय ६० जनाको हेपाटाइटिस बि परिक्षण गरिएको किमोलुङ फाउण्डेशनका अध्यक्ष वान्चुक राप्तेन लामाले बताए ।

परिक्षण गरिएका मध्ये ६ जनामा हेपाटाइटिस बि पोजेटिभ देखिएका छन् । शिविरमा ४५ जना पुरुष र ६९ जना महिला गरी कुल एक सय १४ जनालाई हेपाटाइटिस विरुद्धको खोप लगाइएको लामाले जानकारी दिए ।

अन्य वडामा आगामी अक्टोबरमा खोप अभियान संचालन गरिने बताइएको छ ।

पहिलो डोज लगाएका व्यक्तिले एक महिनापछि दोस्रो डोज र ६ महिना पछि तेस्रो डोज लगाउनुपर्ने लामाले बताए ।

बुधबार न्याक, असार २ गते सा¥र्योकडाँडा, ३ गते बाङसिङ, ४ गते सानोफिलिम, ५ गते पाति र ६ गते सिर्दिबास स्वास्थ्य चौकीमा अभियान संचालन हुने बताइएको छ ।

नेपाल सरकारले अहिलेसम्म यसको खोप संचालन नगरेको कारण आफुहरुले यो अभियान संचालन गरेको लामाको भनाइ छ । खोप कार्यक्रम संचालन अघि पालिकाका स्वास्थ्यकर्मीहरुलाई हेपाटाइटिस रोग सम्बन्धी प्रशिक्षण समेत दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्