| मङ्लबार, कार्तिक २४, २०८३

निशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ७४ जना लाभान्वित

गोरखा नगरपालिका–१० छेवेटारमा भएको एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा दुईसय ७४ जनाले सेवा लिएका छन् ।

गोरखा नगरपालिकाको आयोजनामा भएको शिविरमा ९६ जना पुरुष र १७८ जना महिला गरी कुल २ सय ७४ जनाले सेवा लिएको गोरखा नगरपालिका आयुर्वेद शाखाका प्रमुख जीवन कुमार श्रेष्ठले बताए ।

शिविरमा ९२ जनाको ब्लड सुगर समेत परिक्षण गरिएको उनले जानकारी दिए । शिविरमा आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौका विशेषज्ञ चिकित्सकसहित आयुर्वेद चिकित्सकहरुले सेवा दिएका थिए ।

शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, वाथ रोग, जोर्नी दुखाई लगायतका रोगको स्क्रिनिङ तथा उपचार गरिएको थियो । आवश्यकता आधारमा बिरामीलाई औषधी निशुल्क उपलब्ध गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्