| सोमवार, कार्तिक २३, २०८३

लम्पी स्किन छिटो नियन्त्रण गरेर किसानलाई राहत देऊ

गोठका पशुचौपाया लम्पीस्किनले धमाधम मर्न थालेपछि गोरखाका किसानहरु चिन्तित छन् । अहिलेसम्म गोरखाका आठ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ । जसमध्ये ५८ वटा मरिसकेका छन् ।

सबैभन्दा धेरै सहिदलखन गाउँपालिकामा एकचालीस सय १३ वटा पशुचौपायामा यो रोग देखिएको कार्यालयका लालमणी अर्यालले बताए । गण्डकी गाउँपालिकामा २८ सय १८ वटा पशुचौपायामा यो समस्या देखिएको छ ।

जसमा १३ वटा मरिसकेका छन् । बारपाक सुलिकोट गाउँपालिकामा छसय २५ पशुचौपायामा संक्रमित भएका छन् भने सात वटा मरिसकेका छन् ।
सिरानचोक गाउँपालिकाका दुईसय संक्रमित छन, दुई वटा मरिसके । अजीरकोटमा ६९ वटा संक्रमित र तीनवटा मरिसकेका छन् । लम्पी स्किन रोगकै कारण धार्चे गाउँपालिकाका एकसय तीन वटा र आरुघाट गाउँपालिकाका ३ वटा गार्ईगोरु मरेका छन् । आरुघाटमा ५१ वटा पशुचौपायामा संक्रमण देखिएको छ ।

त्यस्तै गोरखा नगरपालिकाका ६५, पालुङटार नगरपालिकाका ४५ र भीमसेन थापा गाउँपालिकाका २५ वटा गाईगोरुमा संक्रमण देखिएको छ ।

लम्पी स्कीन भएपछि पशुचौपायाले दूध दिन छाड्छ । मासुका लागि पालिने जनावरको मासु खानयोग्य हुदैन । त्यतिमात्र होइन, यो रोगले पशुचौपाया मर्छन् पनि । त्यसैले यो रोग किसानका लागि चिन्ताको विषय हो । यो रोग निकै समस्याका रुपमा देखा परेको छ ।

यो धेरै डरलाग्दो अबस्था हो । त्यसैले बेलैमा सोच विचार गरी यो संक्रमणलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न जरुरी छ । अन्यथा, जिल्लाका किसानको अवस्था कष्टकर हुन सक्छ ।

रोगको पहिचान, रोगी पशुचौपायाको पहिचान गरी यसलाई यथासीघ्र नियन्त्रणका लागि कदम चाल्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्