| शनिबार, अशोज १६, २०८३

वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगिता

गोरखा नगर क्षेत्रभित्र रहेका आधारभूत तह अन्तर निजी विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवसको

अवसर पारेर सोमवार भएको प्रतियोगितामा सूर्यमुखी बोर्डिङ स्कुल छेवेटारका ऋतु श्रेष्ठ प्रथम भएकी छन् ।
ओल्ड क्यापिटल स्कुल रानीवनकी सिवाकी सुर्खेती दोस्रो, अन्नपूर्ण बोर्डिङ स्कुलका अनिष भट्ट तेस्रो र मोर्डन बोर्डिङ स्कुलका स्वस्तिक श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन् ।

दिवसकै अवसरमा ओल्ड क्यापिटल बोर्डिङको कक्षा एकदेखि चारसम्मका बिद्यार्थीले बिद्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । स्काउट टोलीले बिद्यालय हाताभित्र सरसफाइ समेत गरेको बिद्यालका प्रधानाध्यापक जनक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्