| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइयो

गोरखामा विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा विसे नगर्ची पार्कमा वृक्षरोपण गरिएको हो ।

प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज गोरखा सहित देशभर विश्व वातावरण दिवस मनाएको छ । गोरखामा पनि पालिकाहरुलको विविध कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएका छन् । गोरखा नगरपालिकाले विसे नगर्चीको परिसरमा वृक्षरोपण गर्दै उत्त दिवस मनाएको हो ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापामगर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सुरक्षा निकायहरु, वन कार्यालय, नगरपालिका कर्मचारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताएका छन् ।

त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने बताएका छन् । त्यस्तै, मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण चुनौती बनेको भन्दै विकासलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

५१ औ अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा गोरखा सदरमुकामा मोर्डन सेकेन्डरी इङ्गिलस बोर्डिङ स्कुल र गोरखा इङ्गिलस बोर्डिङ स्कुलले पनि प्लाष्टिक प्रदुषणविरुद्ध लागौ भन्दै विभिन्न नारासहित गोरखा बजार क्षेत्रको सरसफाइ गरेका छन् । विद्यालयको कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले घ्याम्पेसाल चोक, ठूलो आँगन, पदेली, रानीपोखरी, बसपार्क लगायतका बजार क्षेत्रको सरसफाइ गरेका हुन् ।

कार्यक्रममा विद्यार्थी र शिक्षक, शिक्षिकाको सहभागिता रहेको थियो । त्यस्तै, चुमनुब्री गाउँपालिकामा पनि विश्व वातावरण दिवसको अवसरमा मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले विविध कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्