| सोमवार, कार्तिक २३, २०८३

तापक्रम बढ्यो, स्वास्थ्यप्रति सावधानी अपनाऔँ

भनिन्छ नि, अनिकालमा बिऊ जोगाउनु, हुलचालमा जिउ जोगाउनु । केही दिन भयो, पहाडी भूभागको गर्मीले तराईको झल्को दिएको छ । यो बिषम मौसमका बेला विभिन्न खालका स्वास्थ्य समस्या पैदा हुनसक्छ ।

अत्यधिक गर्मीले शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीमा अवरोध उत्पन्न गरी विभिन्न शारीरिक व्याधिसँगै अन्ततः मृत्युसमेत हुन सक्छ । यदि शरीरले आफूलाई ठीक ढंगले चिसो वा पर्याप्त चिसो राख्न नसके तापक्रमसम्बन्धी समस्यासँग जुध्नुपर्ने हुन सक्छ । यसको उपचार गरिएन भने ज्यानसमेत जोखिममा पर्न सक्छ । सावधानी न अपनाए तापक्रमजन्य शारीरिक समस्याले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ, मात्र होइन, ज्यानैसमेत जान सक्छ ।

गर्मीको दुश्प्रभावबाट बच्न आहारविहारमा धेरै ख्याल गर्नुपर्छ । अत्यधिक गर्मीको प्रभावले शरीरको तापक्रम सन्तुलनमा सहयोग पु¥याउने जैविक प्रक्रिया प्रभावित हुन पुग्छ । यसले शरीरको आन्तरिक तापक्रम बढ्न सक्छ । यस्तो अवस्थामा शरीरको तापक्रम नियन्त्रण प्रणालीहरूले प्रतिघण्टा दुई लिटरसम्म पसिना उत्पादन गर्छ । प्रशस्त मात्रामा गैरमदिराजन्य तरल पदार्थको उपयोग गर्नुपर्छ ।

बढ्दो गर्मीमा अरू हेरविचार त छँदै छ, सबैभन्दा महत्वपूर्ण हुन जान्छ वाह्य शरीर अर्थात छालाको स्याहार । त्यसैले यो बेला छाताको प्रयोग अनिबार्य छ । त्यस्तै सम्भव भएसम्म सनस्क्रिन(सनब्लक क्रिम)को प्रयोग गरेर पनि छालालाई जोगाउन सकिन्छ ।

परावैजनी किरण(विकिरण) ले छालाका कोषमा समेत नोक्सान पु¥याउन सक्छ । टाउको खुइलिँदै गएकाहरूले टोपी नलगाउने भए त्यहाँ पनि क्रिम लगाउनुपर्छ । पानीको कमीले मृगौला, मुटुलगायतका अंगमा समेत असर गर्ने सम्भावना हुन्छ । अत्यधिक गर्मीका बेला दिनहुँ गरिने व्यायाममा समेत कमी ल्याउनुपर्छ ।

यो बेला स–साना बालबालिका, ६५ वर्ष नाघेकाहरू, मानसिक समस्या भएकाहरू, शारीरिक रूपले विकार भएकाहरू, मुख्य रूपले मुटुसम्बन्धी रोग र उच्च रक्तचाप भएकाहरू गर्मीबाट देखिन सक्ने शारीरिक समस्याको बढी जोखिममा हुन्छन् । त्यसैले उनीहरुको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्