| मङ्लबार, कार्तिक २४, २०८३

सहिदलखनको मैलुङमा जेष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा

शहिदलखन गाउँपालिका–८ मैलुङमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिदै । गाउँपालिकाले ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई घरदैलोमै गएर स्वास्थ्य सेवा दिन थालेको छ ।

तीन÷तीन महिनामा उनीहरुको सुगर र प्रेसर जाँच गरिने बुंकोट आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए ।

‘उहाहरुले नियमित सेवन गर्ने औषधीको बारेमा पनि जानकारी लिन्छौ,’ उनले भने, ‘सकिएको छ भने उपलब्ध गराउँछौ नभए बाहिर किन्न सुझाउँछौ ।’ बुधवार मैलुङका ३६ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्