नागरिकता विधेयक पास गरेको, नेपालको भूमि सहितको नक्सा भारतीय संसदमा राखेको विरोधमा मशाल जुलुस
भारतले नेपालको भूमिसहितको नक्सा जारी गर्दा पनि सरकार मुकदर्शक भएर बसेको भन्दै नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मशाल जुलुस प्रदर्शन गरेका छन् । अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा बुधबार साँझ गोरखाको बिसौनीमोड देखि हरमटारीगेटसम्म मशाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले राष्ट्रघाती नागरिकता विद्येयक खारेज गर, देश बेच्न पाइदैन, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ भन्दै प्रदर्शन गरेका थिए ।
त्यस्तै, सरकारले भारतीयलाई नागरिकता दिलाउन नागरिकता विधेयक प्रमाणित गरेको समेत आरोप लगाएका थिए ।
जुलुशपछि आयोजित कोणसभा कार्यक्रममा अनेरास्ववियु गण्डकी प्रदेशका सह इन्चार्ज प्रविन श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अमिरजंग थापा र अनेरास्ववियू गोरखाका अध्यक्ष प्रताप ढकाल लगायतले मन्तव्य राखेका थिए ।




