| शनिबार, अशोज १६, २०८३

सहिदलखनमा भएको हाजिरीजवाफ प्रतियोगितामा सहिदस्मृति पहिलो

सहिदलखन गाउँपालिकामा सोमबार सम्पन्न भएको पालिकाभित्रका माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिदस्मृति मावि बुंकोट पहिलो भएको छ ।

गाउँपालिकाको आयोजनामा आइतवार भएको प्रतियोगितामा जनशक्ति मावि नाम्जुङ दोस्रो र रामेश्वरी मावि बुंकोट तेस्रो भएको छन् ।

उनीहरुलाई नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र दिइएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । सहिदस्मृति माविको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता तथा वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

प्रतियोगितामा पालिकाभित्रका ११ बिद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्