| सोमवार, कार्तिक २३, २०८३

बसले किचेर घाइते रुन्चेतका गुरुङ्गको उपचारको क्रममा मृत्यु

बसको टायरले किच्दा सख्त घाईते गोर्खा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी वर्ष ३१ का छानवीर गुरुङ्गको उपचारको क्रममा ज्यान गएको छ ।

बुधबार बेलुका भे १ ख २९१३ नम्बरको बसको पछाडिको बायाँतिरको टायरले किच्दा सख्त घाईते गुरुङको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर ६ गोठीज्युलाई स्थित नाग्म गमगढी सडक खण्डमा बसको टायरले गुरुङलाई किचेको उनको भनाइ छ । सख्त घाइते गुरुङको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको जोशीले बताए । बस चालक मनिराम चौलागाईलाई घटना स्थलबाट पक्राउ गरिएको उनले बताए ।

जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी अनुन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनी कादुरी संस्थामा काम गर्न जुम्ला पुगेका उनी जुम्लाबाट फर्किएको बेलामा दुर्घटना भएको जनाएको छ ।

उनका शव हेलिबाट ल्याएको र शनिबार अन्त्येष्टि गरिएको धार्चे गाउँपालिका वडा न. २ का वडा अध्यक्ष सरोज गुरुङ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्