
द्रव्यशाहमा जलवायु परिवर्तन न्युनीकरण सम्वन्धी एकदिने कार्यशाला सम्पन्न
द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा जलवायु परिवर्तन न्युनीकरण तथा अनुकूलन सम्वन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रबद्र्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको कार्यशालामा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद दवाडी, विभागकै डा. दिवस श्रेष्ठ लगायतले जलवायु परिवर्तनका अवस्था, असर र अनुकुलनका उपायहरु बारे प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै डिभिजन वन कार्यालयका सहायक वन अधिकृत महेश पौडेल र कृषि ज्ञान केन्द्र गोरखा प्रमुख परशुराम अधिकारीले जनवायु परिवर्तनले वन र कृषि क्षेत्रमा पारेको असर बारे जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष शित्तलकाजी मास्केको सभापतित्वमा भएको कार्यशालामा क्याम्पसका शिक्षक, विद्यार्थी, अभिभावक, उक्त क्षेत्रमा रहेका वन उपभोक्ता समितिका प्रतिनिधिहरु समेत सहभागीता रहेको थियो ।




