| शनिबार, अशोज १६, २०८३

द्रव्यशाह क्याम्पसका संस्थापक पाण्डेको श्रद्धाञ्जली सभा सम्पन्न

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारका संस्थापक सदस्य मध्येका एक स्वर्गीय नारायण पाण्डेको स्मृतिमा आइतवार श्रद्धाञ्जली सभाभएको छ । स्व. पाण्डेको १३ औ दिनको पुण्यतिथिमा क्याम्पसमा श्रद्धाञ्जली सभा गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष शित्तलकाजी मास्केको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका संस्थापक सदस्यहरु बावुराम अर्याल, बद्रीबहादुर मास्के, पुरुषोत्तम अर्याल, समितिका निवर्तमान अध्यक्ष धिरजबहादुर मास्के, स्थानीय अभिभावक रोलक बहादुर थापा, क्याम्पस प्रमुख रामचन्द्र दुवाडी, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ, कर्मचारी संघका अध्यक्ष सुजन कुँबर र स्ववियु सभापति शौनक घिमिरे लगायतले श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको कदर गरेका थिए ।

कार्यक्रममा क्याम्पसका अभिभावक, प्राध्यापक र विद्यार्थीहरुको सहभागीता रहेको थियो । भीमसेन थापा गाउँपालिका–६ अश्राङ्ग घर भएका पाण्डे अमेरिकाको टेक्सासमा गत चैत ५ गते कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा गत बैशाख १९ गते उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्