
चित्रेपोखरीमा भएको स्वास्थ्य शिविरमा ९ सयभन्दा बढी लाभान्वित
सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा सञ्चालन भएको दुईदिने निशुल्क स्वास्थ्य शिविरमा नौसय भन्दा धेरैजना लाभान्वित भएका छन् ।
सिरानचोक गाउँपालिका र पोखराको कर्मफ्लाइटस् नेपालको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय १७ जनाले सेवा लिएका हुन् ।
गत सोमबार र मंगलबार भएको शिविरमा हाडजोर्नी तथा नशा रोगका तीनसय १७ जना, स्त्री रोगका १ सय ६१ र आँखाको समस्या भएका ५ सय १५ जनाले स्वास्थ्य जाँच गराएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए । शिविरमा ३ सय १० जनाको रगत २ सय ६१ जनाको पिसाव परिक्षण समेत गरिएको उनले जानकारी दिए ।
२ सय १६ जनाको भिडियो एक्स–रे र २ सय ५ जनाको ईसिजि गरिएको थियो । शिविरमा ३ सय ७५ जनालाई चस्मा समेत वितरण गरिएको थियो । शिविरमा बरिष्ठ फिजिसियन डा. सरिज पोखरेल नेतृत्वको चिकित्सकहरुले सेवा दिएका थिए ।




