| सोमवार, कार्तिक २३, २०८३

बन्द कोठाभित्र भेटियो जिल्ला समन्वय समितिका कर्मचारीको शव


जिल्ला समन्वय समिति गोरखामा कार्यरत एक कर्मचारीको शव आफ्नै निवासभित्र फेला परेको छ ।

सिरानचोक गाउँपालिका १ केराबारीका ५५ वर्षीय आइतलाल गुरुङको शव बुधबार विहान नौ बजे समन्वय समितिको आवास भवनमा फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए ।


समन्वयका कर्मचारीले बाहिरबाट बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए । भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी सुतेकै ओछयानमा मृत अवस्थामा फेला परेको लामिछानेले बताए । बुधबारै उनको पोष्टमार्टम गरिएको छ ।

गुरुङको शव आफन्तलाई जिम्मा लगाएको उनले बताए । मृतक गुरुङलाई प्यारालाइसिस, सुगर र प्रेसरसमेत रोगी रहेको उनको आफन्तहरुले बताएका छन् । समन्वय कार्यालयमा उनी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्