| शनिबार, अशोज १६, २०८३

ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिव थापा

ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिवबहादुर थापा सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको टूेड युनियनको सातौँ अधिबेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षहरुमा खुल्लामा कृष्णबहादुर खनाल, उत्पादन क्षेत्र तर्फ रामेश्वर पोखरेल, सेवातर्फ कोपिला भटराई, महिलातर्फ अमला अधिकारी रहेका छन् ।

यस्तै सचिवमा शैलेन्द्र भट्ट, सहसचिबमा गोकुल भट्ट काषाध्यक्षमा पुरुषोत्तम अर्याल चयन भएका छन् भने सदस्यहरु भने कार्यसमितिले मनोनयन गर्ने युनियनले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा मोहनबहादुर सापकोटा र शरद श्रेष्ठ र प्रदेश अधिबेशन प्रतिनिधिमा कृष्णराज पन्त, हिरामाया रेग्मी, राजकुमारी थापा भण्डारी, गीता राना र बोधप्रशाद अधिकारी चयन भएका छन् ।

नेपाल टूेड युनियन काँग्रेस गोरखाको अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा तथा नेपाल टूेड युनियन केन्द्रीय उपाध्यक्ष अजय राईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा काँग्रेसको सभापति नन्दप्रसाद न्यौपाने, टूेड केन्द्रीय सदस्य डोलदेब तामाङ, नेपाल शिक्षक संघको प्रदेश अध्यक्ष सगुन ढकाल, गोरखा नगरपालिकाका पूर्वउपप्रमुख, टूेड युनियनका जिल्ला सहसचिब लुमनाथ लामिछाने, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष लक्ष्मण बाब ु अर्याल, केन्द्रिय प्रतिनिधि मोहनप्रसाद पुडासैनी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्