
ठाडोभाकालाई संरक्षणमा गर्न गोर्खाली ठाडो भाका गीत प्रतियोगिता सुरु
सिरानचोक गाउँपालिकामा ठाडो भाका गीत प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल साँस्कृतिक केन्द्र काठमाडौको आयोजना, न्यू दौँतरी समूह चित्रेपोखरीको सहआयोजनामा र सिरानचोक गाउँपालिकाको प्रबद्र्धनमा विहिबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका कुल १८ टिमको सहभागिता रहेको कार्यक्रमका संयोजक हरिमाया गुरुङले बताइन् । लोप हुन लागेको संस्कृति जर्गेनासँगै नयाँ पुस्तालाई ठाडो भाका सिकाउने उदेश्यले रहेको उनले जानकारी दिइन् ।
सिरानचोकको साँझा मन–लोपोन्मुख संस्कृतिको संरक्षण र सम्बद्र्धन भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । ठाडो भाका गोरखा, लमजुङ र तनहुँ लगायतको क्षेत्रमा प्रख्यात छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
तियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश एकलाख, ६० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन् । सान्त्वना हुने टिमलाई १५ हजार दिइने छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा लोकगायक अमर विरही गुरुङ, राजु परियार, चिजा तामाङ रहेका छन् । कार्यक्रममा जिल्लादेखि राष्ट्रिय तहसम्मका कलाकारहरुको उपस्थिति रहेको छ ।




