
धार्चेमा १९५६ जनाको आँखा परीक्षण, १०७ जनाको आँखाको अपरेशन गर्नुपर्ने
धार्चेका विभिन्न वडाहरुमा हालै गरिएको आँखा शिविरमा एकहजार नौसय ५६ जनाको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य एकसय सातजनाको आँखाको मोतियाविन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
उनीहरुको अपरेशनका लागि आउँदो शुक्रबार र शनिबार गाउँपालिकाको केन्द्र माछीखोलामा मोतियाविन्दु शल्यक्रिया शिविर हुने भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको व्यवस्थापनमा माछीखोलामा आगामी वैशाख २२ र २३ गते दुई दिने निशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर हुने लागेको हो ।
यसअघि पालिका भित्रका सातवटै वडामा दुई चरणमा निशुल्क मोतियाविन्दु शिविर संचालन भइसकेको छ । जसअन्तरगत माझगाउँ सामुदायिक स्वास्थ्य इकाइ लापु गाउँमा एकसय ८ जनाको आँखा परीक्षण गर्दा ६ जनामा र भिरकुना सामुदायिक स्वास्थ्य इकाई भिरकुनामा ४८ जनाको परिक्षण गर्दा ६ जनाको मोतियाविन्दुको अप्रशेन गर्नुपर्ने देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका केशव गुरुङले बताए ।
काशिगाउँ स्वास्थ्य चौकीमा एक सय ४४ जनाको परिक्षण गर्दा १२ जनामा, करौजा स्वास्थ्य चौकीमा दुई सय १५ जनामा परिक्षण गर्दा १२ जनामा, रुन्चेक सामुदायिक स्वास्थ्य इकाइमा तीन स य ६६ जनाको परिक्षण गर्दा १० जनामा र हुल्चुक सामुदायिक स्वास्थ्य इकाइमा ६६ जनाको परिक्षण गर्दा ५ जनाको मोतियाविन्दु अप्रेशन गर्नुपर्ने देखिएको उनले बताए ।
त्यस्तै, उहिया स्वास्थ्य चौकीमा एकसय १४ जनाको परिक्षण गर्दा ८ जनामा, खोर्ला सामुदायिक स्वास्थ्य इकाईमा ७९ जनामा परीक्षण गर्दा ३ जनामा, श्री प्रभातकिरण मावि लापुवेशीमा ५६ जनामा परिक्षण गर्दा ७ जनामा र लब्सीबोट सामुदायिक स्वास्थ्य इकाईमा ७६ जनामा परिक्षण गर्दा ८ जनामा अप्रशेन गर्नुपर्ने देखिएको गुरुङले जानकारी दिए ।
गुम्दा स्वास्थ्य चौकीमा दुई सय ४ जनाको परिक्षण गर्दा ९ जनामा, पुरानो गाउँ लाप्राकमा एक सय ९८ जनामा परिक्षण गर्दा ७ जनामा, सिङ्ला सामुदायिक स्वास्थ्य इकाईमा दुई सय जना परिक्षण गर्दा ७ जनामा, श्री शिव आधारभुत विद्यालय कैरौजाबेशीमा ८२ जनाको परिक्षण गर्दा ७ जनामा मोतियाविन्दु अप्रेशन गर्नुपर्ने देखिएको उनले बताए । पालिका भरी कुल १९ सय ५६ जनाको आँखा परिक्षण गर्दा एक सय ७ जनाको मोतियाविन्दु अप्रेशन गर्नुपर्ने देखिएको उनले बताए ।
पालिकाका विभिन्न वडामा आँखाको चेकजाँच गर्ने क्रममा मोतिविन्दु तथा जटिल समस्याका कारण शल्यक्रिया गर्नुपर्ने देखिएका उनीहरुलाई गाउँपालिका केन्द्र माछीखोलामा २२ र २३ गते दुई दिन निशुल्क मोतियाविन्दु शल्यव्रिmया गरिने उनले जानकारी दिए ।




