| आइतवार, कार्तिक २२, २०८३

दोस्रो महटार कपको उपाधि बिवाइसी लमजुङलाई

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमामा विहिबार सम्पन्न भएको दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिवाइसी लमजुङले जितेको छ ।

फाइनल खेलमा ग्रिन हिल्स युवा क्लवलाई १–२ गोलले हराउदै बिवाइसी लमजुङले उपाधि जितेकोे हो । उपाधि विजेता बिवाईसी लमजुङले एक लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक देविलाल सुनामले बताए । प्रतियोगिताको उपविजेता बनेको ग्रिन हिल्स युवा क्लवले ५० हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै प्रतियोगितामा सान्त्वना भएका जरेबर युवा क्लव र यूनाइडेट सेभेन गोरखाले नगद रु २०÷२० हजार सहित प्रमाणपत्र पाएकोे फुटबल आयोजक समितिका संयोजक सुनामले जानकारी दिए ।

प्रतियोगिता अवधिभर बिवाई लमजुङका विवेक गुरुङ उत्कृष्ट खेलाडी, ग्रिनहिल्स युवा क्लवका मनिष श्रेष्ठ सर्वाधित गोलकर्ता र बिवाइसी लमजुङका मार्सल साई उत्कृष्ट गोलरक्षका घोषित भएका छन् । उनीहरुले क्रमश नगद पाँच÷पाँच हजार सहित ट्रफी प्रदान गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं ६ का वडा अध्यक्ष प्रेम प्रसाद वस्तीले खेलाडीहरुलाइ पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । वैशाख २ गतेबाट सुरु भएको जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिता विहिबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्