| आइतवार, कार्तिक २२, २०८३

दोस्रो महटार कपको फाइनलमा आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच पतिस्पर्धा हुदै

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा जारी दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगितामा अन्तरगत आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच प्रतिस्पर्धा हुदैछ ।

बुधबार सम्पन्न भएको सेमिफाइनल खेलमा जरेबर युवा क्लवलाई पराजित गर्दै बिवाइसी लमजुङ फाइन प्रवेश गरेको हो । जरेबरलाई ०–३ गोलले पराजित गर्दै बिवाइसी लमजुङ फाइन प्रवेश गरेको आयोजक समितिका संयोजक देवि लाल सुनामले बताए ।

दोस्रो सेमिफाइनल खेलमा यूनाइडेट सेभेन गोरखालाई पराजित गर्दै ग्रिन हिल्स युवा क्लवले फाइनलमा आफनो स्थान पक्का गरेका छन् । यूनाइटेडलाई १–४ गोलले पराजित गर्दै ग्रिन हिल्स फाइनमा स्थान बनाएका हुन् ।

फाइनल खेल आज दिउसो २ बजे हुने आयोजक समितिका संयोजक देवि लाल सुनामले बताए । फाइनल खेलमा विबासी लमजुङ र ग्रिन हिल्स युवा क्लव फाइनमा प्रतिस्पर्धा गर्नेछ ।

एक लाख राशीको दोस्रो महटार खुल्ला फुटबल प्रतियोगिता वैशाख २ गतेबाट सुरु भएको थियो । उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले नगद रु ५० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा सान्त्वना हुने दुई टिमले नगद रु २०÷२० हजार सहित प्रमाणपत्र पाउने फुटबल आयोजक समितिका संयोजक देवि लाल सुनामले जनाएको छ ।सो प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधितक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले रु पाँच÷पाँच हजार नगद सहित ट्रफी पाउनेछन् ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्