| मङ्लबार, कार्तिक २४, २०८३

डँढेलोले गोरखामा पनि वायु प्रदुषण बढ्यो

केही दिन यता देशका विभिन्न ठाउँमा लागेको डँढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डँढेलोकै कारण गोरखासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थ कर वनदै गएको वातावरण विभागले जनाएको छ ।
केहीदिनदेखि गोरखामा घाम लागेको छैन । रातको समयमा गोरखाका धेरै जंगलमा आगलागी भएको दृश्य देखिन्छ ।

‘आगलागी अहिले बढी भएको छ, त्यसैको असर तुवाँलो धुवाँले बतावरण ढाकिएको छ’, डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले भने । पानी नपर्दासम्म र आगो लाग्ने क्रम नरोकिँदा सम्म तुवाँलो अझै बढ्न सक्ने उनले बताए । अहिले घाम नलाग्दा पनि गर्मी महशुस हुने र आँखा पोल्ने समस्या सर्वसाधारणमा बढ्दो छ ।

वन डँढेलो देशका बिभिन्न ठाउँमा लागेकाले धुवाँको मात्रा धेरै भएर वातावरण प्रदुषण भएको सुचना अधिकारी समेत रहेका पौडेलले बताए । ‘डँढेलो नियन्त्रण गर्न सक्ने हो भने मौसम यति धेरै प्रदुषित हुँदैन’ उनले भने ।
विभागका अनुसार अहिले सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको छ ।

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौँको एक्यूआई अहिले एक सय ९२ छ । सूचीको पहिलो स्थानमा थाइल्यान्डको च्याङमाइ सहर रहेको जनाइएको छ ।

च्याङमाइको एक्यूआई २ सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थ कर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्