
बेरुजुमा अनुसरणीय सहिदलखन पथ
गोरखाको सहिदलखन गाउँपालिकाले बेरुजु न्यूनिकरणमा ज्यादै सह्रानीय प्रयास गरेको छ । देशका ७५३ स्थानीय तहमध्य बेरुजु न्यूनिकरण गर्नेमा सहिदलखन छैठौँ स्थानमा रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रमको लेखा परीक्षण गर्दा सहिद लखनको जम्मा ०.५ प्रतिशत मात्र बेरुजु देखिएको छ । बिहिबार सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन अनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिका र पाँचथरको याङ्वरक गाउँपालिकाको सुन्य प्रतिशत बेरुजु रहेको छ ।
त्यस्तै वाग्लुङको गल्कोट ०.०८५ प्रतिशत, भरतपुर महानगरपालिका ०.१५, प्युठानको झिमरुक ०.३५, धनकुटा नगरपालिका ०.४५ र गोरखाको शहिद लखन गाउँपालिकाको ०.५५, आबुखैरेनी गाउँपालिकाको बेरुजु ०.९५ प्रतिशत रहेको छ ।
सहिद लखन गाउँपालिकाले आउँदा बर्षहरुमा यसमा पनि अझै कम गर्दै सुन्यमा झार्ने भन्ने कामना गर्न सकिन्छ । अरु पालिकाले पनि यही पथलाई अनुसरण गर्दै बेरुजु सुन्यमा झारुन् भन्ने कामना गरौँ ।
दुर्गममा रहेको धार्चे गाउँपालिकाको बेरुजु १.८४ प्रतिशत रहेको छ । यो दर जिल्लाका ११ पालिकामध्य सबैभन्दा धेरै हो । गोरखा नगरपालिकाको बेरुजु पनि धेरै नै छ । यहाँको १.८३ प्रतिशत बेरुजू छ । त्यस्तै सिरानचोक गाउँपालिकामा १.४१ प्रतिशत, बारपाक सुलिकोट गाउँपालिकामा १.२७ प्रतिशत र चुमनुब्री गाउँपालिका १.१३ प्रतिशत बेरुजु रहेको छ । पालुङटार नगरपालिकाको १.१३ प्रतिशत, आरुघाट गाउँपालिका ०.८७ प्रतिशत, भीमसेन थापा गाउँपालिका ०.८३ प्रतिशत र गण्डकी गाउँपालिका ०.७१ प्रतिशत र अजिरकोट गाउँपालिकाको ०.६७ बेरुजु रहेको छ ।
बिगत बर्ष जे भए, भए, आगतमा यसमा न्यूनिकरण हुदै जाओस् र पालिकामा आएको बजेट तथा कार्यक्रममा बेरुजु सुन्य प्रतिशत हुनेछ भन्ने विश्वास गरौँ ।




