
नव जन जागृती युवा क्लवले जित्यो आठौ ओसन कपको उपाधि
गोरखा नगरपालिका वडा नं ९ स्थित दलभज्याङमा सम्पन्न भएको आठौ ओसन कपको उपाधि नव जन जागृती युवा क्लव सिमराले जितेको छ । द ओसान क्लगको आयोजनामा क्लवको मैदान भएको फुटबल प्रतियोगितामा यु–१३ राष्ट्रिय च्यापियनपिस २०७९ को उपाधी नव जन जागृतीले जितेको हो ।
शुक्रबार विहान भएको फाइनल खेलमा नव जन जागृती युवा क्लवले लक्ष्मी सामुदायिक शिक्षा सदन गोरखालाई ५–४ गोल अन्तरले पराजित गरेको क्लवका सचिव सविन खत्रीले बताए । नव जन जागृती युवा क्लवका तर्फबाट जेम्स चौधरीले २, सैफुल्ला मिया १ र सागर दासले २ गोल गरेका थिए भने लक्ष्मी सामुदायिक शिक्षा सदनका तर्फबाट उकेश्वर महतो ले ३ गोल तथा मनिक योगीले १ गोल गरेका थिए ।
उपाधीसगै नव जन जागृतीले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद बिस हजार प्राप्त गर्न सफल भने उपविजेता लक्ष्मी सामुदायिक शिक्षा सदनले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद दश हजार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उत्कष्ट खेल प्रदर्शन गर्ने लक्ष्मी सामुदायिकका निखिल बस्नेतलाई गोल नेपाल सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको सचिव खत्रीले जानकारी दिए ।
चैत्र २७ गतेबाट सुरु भएको १३ वर्ष मुनिको फुटबल प्रतियोगिता वैशाख १ गते सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।
गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख अतिथ्यता तथा गोरखा नगरपालिका वडा न ९ का अध्यक्ष कुल बहादुर कुवर ज्यूको विशेष अतिथ्यतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । समापन समारोहको अवसरमा द ओसन क्लब बा बर्ष २०७९ भरी सर्वोत्कृष्ट खेल एबम नेतृत्वदायि भुमिका प्रर्दशन गरेबापत सुबास मग्रातिलाई ओसन बर्ष खेलाडी २०७९ बाट सम्मान गरिएको थियो ।
फरक फरक जिल्लाका खेलाडीबिच फुटबल खेलाउँदा एकअर्कामा सिप सिक्न, सिकाउन सक्ने, अनुभव आदान प्रदान हुने, खेल्ने कलामा निखारता आउने र खेलाडीको क्षमतावृद्धी हुने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गरिएको द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए ।




