| आइतवार, कार्तिक २२, २०८३

सिरानचोकमा दोस्रो महटार कप फुटबल प्रतियोगिता हुने

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख २ गतेबाट हुने जिल्लास्तरीय महटार कप खुल्ला फुटबल प्रतियोगिता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको महटार युवा क्लवले जनाएको छ ।

नयाँ वर्षको अवसरमा गर्न लागिएको जिल्लास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले नगद रु ५० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा सान्त्वना हुने दुई टिमले नगद रु २०÷२० हजार सहित प्रमाणपत्र पाउने फुटबल आयोजक समितिका संयोजक देवि लाल सुनामले जनाएको छ ।

सो प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधितक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले रु पाँच÷पाँच हजार नगद सहित ट्रफी पाउनेछन् ।

जिल्लास्तरीय फुटबल प्रतियोगितामा सहभागि हुनका लागि वैशाख १ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ताका लागि रु दश हजार शुल्क तिर्नुपर्नेछ । टिम दर्ताको लागि फुटबल आयोजक समिति संयोजक स् ९८४२००३९९३ र सह संयोजक स् ९८४५३५४१९६ मा सम्पर्क गर्न सकिनेछ ।

उक्त फुटबल प्रतियोगिता महटार खेलमैदान स्याउलीमा हुने फुटबल आयोजक समितिले जनाएको छ । उत्त प्रतियोगिताको मिडिया पार्टनरको रुपमा दरौदी डट कम रहने छ ।

प्रतिक्रिया दिनुहोस्