| आइतवार, अशोज १७, २०८३

विद्यार्थीले बेलैमा पठ्यपुस्तक पाउन्

नेपालमा पाठ्यपुस्तक छपाई सँधै ढिलो हुने गर्छ । कति विद्यालय छन् ? कति विद्यार्थी छन् ? कुन पाठ्यक्रमका कति पुस्तक आवस्यक पर्छ भन्ने यकिन गर्न नेपालमा समस्या छैन । तरपनि हरेक नयाँ शैक्षिक सत्र सुरु हुँदा पाठ्यपुस्तक अभाव हुने गर्छ । विद्यार्थीले महिनौँ सम्म किताब पाउँदैनन् ।

अनि प्रश्न सकार तर्फ तेर्सिन्छ ः मतपत्र रातरात छापिने देशमा पुस्तक किन छापिँदैन ? पुस्तक छपाईमा सरकारले प्राथमिकता नदिएका कारण यस्तो हुन गएको हो भन्ने आम बुझाई छ ।
राजधानी र नजिकको केही ठाउँ बाहेकमा पाठ्यपुस्तकको सहज अहिलेपनि छैन ।

केहीदिनमा पठनपाठन सुरु हुँदैछ । गोरखामा ८० प्रतिशत पाठ्यपुस्तक आईसकेको ब्यवशायीहरु बताउँछन् । सदरमुकाममा आएको पुस्तक विद्यालय सम्म पुग्न अब कम्तीमा एक महिना लाग्छ । बैशाख पहिलो साताबाट सुरु हुने शैक्षिक सत्रमा एक महिना ढिला हुने निश्चित छ । अझै बोकाएर लैजानुपर्ने दुर्गम ठाउँमा कहिले पुग्छ ? सुरक्षित कसरी पुग्छ ? यो अर्को समस्या छ ।

एकै पटक सबै पुस्तक नआउँदा विद्यालयहरुलाई लैजानपनि समस्या छ । कुन–कुन लैजाने, बाँकी कहिले लाने ? नयाँ शैक्षिक सत्र सुरु हुनु एक साताअघि हरेक विद्यालयमा किताब पु¥याउनुपर्छ ।

स्थानीय तहसँगको समन्वयमा यो काम भयो र आफु मतहतका विद्यालयमा पालिकाले पुस्तक लैजाने जिम्मेवारी लिए भने सहज हुनेछ । ब्यापारी ब्यवशायीलेपनि समयमै दिने गरी पूर्ववत योजना बनाए भने पुस्तक अभावको समस्या हट्न सक्छ ।

डिजिटल प्रविधिको बिकाससँगै विद्यालयहरुमा प्रयोगपनि बढेको छ । पुस्तक नआएकै कारण पठन पाठन रोकेर बस्ने होईन । शिक्षकहरुले विद्यालयमा डिजिटल प्रविधिकको प्रयोग गरेर पनि पढाउन सक्छन् । त्यसतर्फ ध्यान दिनुपर्छ । भएका उपकरण थन्काएर राख्ने होईन दैनिक प्रयोग ल्याउनुपर्छ र अभ्यस्त पनि हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्