
गोरखामा जबरजस्ती करणी मुद्धामा फरार रहेका एक युवा पक्राउ
गोरखामा जबरजस्ती करणी मुद्धामा फरार रहेका एक युवा पक्राउ परेका छन् ।
रोल्पा साविब लिवाङ गा.वि.स. वडा नं १ पाङ हाल लुङ्गी गा.पा. वडा नं १ का २० वर्षीय प्रसाते वि.क.लाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदता पश्चात उनी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट पक्राउ गरिदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय गोरखाले खोजतलास सुरु गरेको थियो ।
ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएको प्रहरी टोलीले मंगलबार विहान बारपाक सुकिलोट गाउँपालिका वडा नं. ४ सौरपानीबाट उनलाई पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।
पक्राउ परेको विकलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको प्रहरीले जनाएको छ ।




