| आइतवार, कार्तिक २२, २०८३

गण्डकीको माझीटारमा अन्डर–१५ फुटबल प्रतियोगिता सुरु

गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ माझीटारमा माझीटार अन्डर–१५ गोल्ड कप प्रतियोगिता सुरु भएको छ ।

गण्डकी युवा क्लवको आयोजनामा सोमबारबाट १५ वर्ष मुनिका उमेर समुहको फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा गोरखा र धादिङका गरी कुल ११ टिम रहेको छ । चैत्र २७ गतेबाट सुरु भएको प्रतियोगिता वैशाख १ गते सम्म चल्नेछ । सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद रु १५, १० र ५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको छ ।

नयाँ खेलाडी उत्पादन गर्ने र क्लवलाई चिनाउने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको गण्डकी युवा क्लव बि टिमका प्रशिक्षक सन्जय माझीले बताए ।

प्रतिक्रिया दिनुहोस्