
एन्फा गोरखाद्वारा २५ जनालाई प्रशिक्षक प्रशिक्षण
गोरखा जिल्ला फुटबल संघ गोरखाले २५ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । एन्फा गोरखामा आवद्ध क्लवका सदस्यहरु प्रशिक्षणमा सहभागी थिए ।
गोरखाको फुटबल क्षेत्रको विकास गर्न र दक्ष प्रशिक्षक तयार गर्ने उद्देश्यले फुटबल प्रशिक्षक तालिम भएको हो । गोरखा जिल्ला फुटबल संघ (एन्फा गोरखा) को व्यवस्थापन तथा अलिख नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको चार दिने तालिम शनिवार सकिएको हो ।
तालिमको समापन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको गोरखालाई फुटबलको माध्यमबाट पनि विकास गर्न जरुरी रहेको बताए । जिल्लामा खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्नुका साथै दक्ष खेलाडी बनाउन र प्रशिक्षण जरुरी भएको उनले बताए ।
मंगलबारबाट सुरु भएको तालिम शुक्रबार सम्म संचालन भएको फुटबल संघ गोरखाका अध्यक्ष विशाल गुरुङले बताए । प्रशिक्षणमा सहभागिहरुले ‘डि’ वर्गको लाइन्सेको मान्यता पाउनेछन । ‘डि’ वर्गको लाइन्सेन्स प्राप्त गरेको एक वर्ष पछि ‘सि’ वर्गको लाइन्सेक लिन पाउनेछन् ।
राष्टिूय स्तरका प्रशिक्षकबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा प्रशिक्षण गरिएको हो । ‘गोरखामा फुटबलको प्रशिक्षक कम हुनुहुन्छ, यहाँ प्रशिक्षक तयार गर्न सकियो भने खेलाडी उत्पादन गर्न सकिन्छ’ अध्यक्ष गुरुङले भने ‘पहिलो पटक हामीले प्रशिक्षक प्रशिक्षण तालिम दिएका हौँ ।’
सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण पश्चात अन्मित प्रशिक्षक तालिम लिएकाहरुको परिक्षा भएको छ । परिक्षामा उर्तिर्ण हुनेहरुले डि वर्गको मान्यता प्रात लाइसेन्स पाउनेछन् । नतिजा आउन केही दिन लाग्ने एन्फा गोरखाले जनाएको छ ।
अहिले बिभिन्न क्लव, विद्यालयहरु, पालिकाहरुलेपनि फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको, प्रशिक्षक अन्यत्रबाट ल्याउनुपर्ने अवस्था रहेकाले यो तालिमपछि गोरखाले फुटबलको क्षेत्रमा थप सुधार गर्न सक्ने अपेक्षा जिल्ला फुटबल संघ गोरखाको रहेको छ ।
एन्फाका कोच शिक्षा प्रमुख संजित सिंह, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, गोरखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कुलबहादुर कुँवर, शहीदलखन ७ का अध्यक्ष शरण श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।




