| सोमवार, कार्तिक २३, २०८३

गोरखाबाटै मुख्यमन्त्री हुने संभावना छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाटै मुख्यमन्त्री हुने संभावना रहेको बताएका छन् ।
गोरखा अस्पतालको स्वर्ण जयन्तीको उद्घाटन गर्न आएका उनले भने ‘अहिले त गोरखामा (यहाँ) तपाईहरुको निर्वाचित जनप्रतिनिधि प्रधानमन्त्री हुने, यही जिल्लाको अर्को नेता उपप्रधान तथा गृहमन्त्री हुने, अब याँहीबाट केही समयमा मूख्यमन्त्री हुने परिस्थती छ ।’

यो गोरखाबासीकालागि खुसीको कुरा भएको बताउँदै उनले निर्वाचित प्रतिनिधिको लागि चुनौती जस्तो पनि लागेको बताए । ‘यती हुँदापनि बिकास भएन भने जनतामाझ ‘फ्रस्टेशन’ आउनपनि सक्छ’ उनले भने । ‘आफैँले भोट हालेर प्रधानमन्त्री बनाउने, मूख्यमन्त्री बनाउने, मन्त्री बनाउने गृहमन्त्री बनाउने अनि भन्याजस्तो भएन भने यती हुँदापनि भएन भन्ने हुन्छ कि भन्ने लाग्या छ’ उनले भने ।

प्रधानमन्त्रीकोलागि पनि र अन्य निर्वाचित जनप्रतिनिधकोलागि पनि यो एउटा चुनौतीको अवसर भएको बताउँदै उनले यसलाई सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले अस्पतालमा दक्ष जनशक्ति र यन्त्र उपकरणको सही प्रयोग हुन सके जिल्लाबासीले सहज सेवा पाउने बताए ।

‘बिमाबाट उपचार सेवा लिन आएकाले औषधी सहज पाईरहेका छैनन’ उनले भने ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, अस्पताल बिकास समितका अध्यक्ष लालप्रसाद श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए

प्रतिक्रिया दिनुहोस्