| आइतवार, कार्तिक २२, २०८३

एन्फा गोरखाद्धारा फुटबल प्रशिक्षक तयार गर्न प्रशिक्षण सुरु

गोरखाको फुटबल क्षेत्रको विकास गर्न र दक्ष प्रशिक्षक तयार गर्न फुटबल प्रशिक्षक तालिम सुरु भएको छ । गोरखा जिल्ला फुटबल संघ (एन्फा गोरखा) को व्यवस्थापन तथा अलिख नेपाल फुटबल संघको प्राविधिक सहयोगमा मंगलबार देखि तालिम सुरु भएको हो । तालिमलाई गोरखा नगरपालिकाका नगरप्रमुक कृष्ण रानाले उद्घाटन गरेका थिए ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख रानाले ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको गोरखालाई फुटबलको माध्यमबाट पनि विकास गर्न जरुरी रहेको बताए । जिल्लामा खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्नुका साथै दक्ष खेलाडी बनाउन र प्रशिक्षण जरुरी भएको उनले बताए ।

हाल गोरखाका फुटबल लगायतका खेलकुदका क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको उनले बताए । जसका कारण प्रतिभावान खेलाडीले उचित प्रशिक्षण नपाएको उनको भनाई थियो । राज्यले नै खेलाडीको संरक्षण गर्नुपर्ने बताउदै नगरपालिकाकाले फुटबलको विकासमा सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

मंगलबारबाट सुरु भएको तालिम शुक्रबार सम्म संचालन हुने जिल्ला फुटबल संघ गोरखाका अध्यक्ष विशाल गुरुङले बताए । तालिममा जिल्ला भित्र रहेको ११ वटा क्लवका दुई÷दुई जनाको सहभागिता रहेको छ । चुमनुब्री र धार्चे बाहेक जिल्लाका ९ वटा स्थानीय तहलाई फुटबल प्रशिक्षक तालिमका लागि पत्रचार गरे पनि कुनै पालिकाबाट पनि उपलब्ध नभएको उनले बताए । उक्त तालिम पश्चात प्रशिक्षणमा सहभागिहरुले ‘डि’ वर्गको लाइन्सेको मान्यता पाउनेछन । ‘डि’ वर्गको लाइन्सेन्स प्राप्त गरेको एक वर्ष पछि ‘सि’ वर्गको लाइन्सेक लिन पाउने जनाएको छ ।

तालिम ३० जनालाई दिने योजना भएपनि अहिले २० जना मात्र उपस्थित रहेको अध्यक्ष गुरुङले बताए । राष्ट्रिय स्तरका प्रशिक्षकबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा प्रशिक्षण दिन सुरु गरिएको छ । ‘गोरखामा फुटबलको प्रशिक्षक कम हुनुहुन्छ, यहाँ प्रशिक्षक तयार गर्न सकियो भने खेलाडी उत्पादन गर्न सकिन्छ’ अध्यक्ष गुरुङले भने ‘पहिलो पटक हामीले प्रशिक्षक प्रशिक्षण गर्न लागेका हौँ ।’

गोरखामा एन्फाले पर्याप्त मात्रा सहयोग प्राप्त गर्न नसकेको एन्फा गण्डकी प्रदेशका महासचिव तथा गोरखा जिल्ला फुटबल संघका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

समुदायस्तरमा फुटबलको विकास गर्न, उमेर समूहलाई फुटबल सिकाउन तालिमले धेरै सहयोग पुग्ने एन्फा शिक्षा विभाग प्रमुख सन्जिव सिंहले बताए । सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण पश्चात अन्मित दिन परिक्षा हुने र परिक्षामा उर्तिर्ण हुनेहरुले डि वर्गको मान्यता प्रात लाइसेन्स पाउनेछ ।

अहिले बिभिन्न क्लव, विद्यालयहरु, पालिकाहरुलेपनि फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको, प्रशिक्षक अन्यत्रबाट ल्याउनुपर्ने अवस्था रहेकाले यो तालिमपछि गोरखाले फुटबलको क्षेत्रमा थप सुधार गर्न सक्ने अपेक्षा जिल्ला फुटबल संघ गोरखाको रहेको छ । एन्फाका कोच शिक्षा प्रमुख संजित सिंह, प्राविधिक निर्देशक हरि खड्का, मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ लगायतले गोरखमा प्रशिक्षण दिनेछन् ।

तालिम पश्चाता गोरखाका फुटबल प्रशिक्षक संघ गठन हुने समेत जिल्ला फुटबल संघ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्