| आइतवार, कार्तिक २२, २०८३

नेपाल लघुवित्त वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्यसमिति गठन

गोरखाका लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । उनीहरु नेपाल लघुवित्त वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्य समितिमा आवद्ध भएका हुन् । शनिबार भएको कर्मचारीहरुको भेलाले सागर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सरोज तामाङ, सचिवमा अन्जन भट्ट, कोषाध्यक्षमा अश्मि परियार, सहसचिवमा सोमबहादुर डौलिया चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरुमा लिलाधर भट्ट, कमल ढुङ्गाना, सविन न्यौपाने, हरिबहादुर कार्की, अन्जना तिवारी अर्याल र गोविन्दप्रसाद भट्ट चयन भएका छन् ।

समितिको सल्लाहकारमा लक्ष्मण ढकाल चयन भएको समितिले जनाएको छ ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष लक्ष्मण ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल लघुवित्त वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्यसमितिका अन्जन भट्ट, सागर अधिकारी, सरोज तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यसमितिले संस्थामा आवद्ध कर्मचारीहरुको पेशागत हकहित, आफु कार्यरत संस्थाहरुको संस्थागत हकहित र व्यवसायी ग्राहक सदस्यहरुको व्यवसायिक हकहितका विषयमा काम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्