
गोरखाका ३४ प्रतिशत घरपरिबारको चुल्होमा एलपी ग्याँस
गोरखाका ३४ प्रतिशत घरपरिबारद्वारा खाना पकाउनका लागि एलपी ग्याँसको प्रयोग गर्ने गरेको पाइको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा ३४ प्रतिशत परिवारले चुल्होमा एलपी ग्यासको उपभोग गरेको पाएको हो ।
जनगणना २०७८ का अनुसार गोरखाका कुल ७१ हजार सात सय २९ घरपरिवारमध्य २४ हजार चार सय ६० घर परिवार (अर्थात ३४ प्रतिशत)ले ग्यासको प्रयोग गर्दै आएको पाएको हो ।
खाना पकाउन सजिलो हुने, धुवारहित, स्वास्थ्यलाई पनि नकारात्मक असर नपर्ने काठदाउरा भन्दा सहज रुपमा पाइने भएकाले एलपी ग्यासको प्रयोग बढ्दै गएको देखिन्छ ।
तर सबैभन्दा धेरै ४५ हजार आठ सय १३ परिवारले भने काठ÷दाउ प्रयोग गर्दै आएको पाइएको छ । यो कुल तथ्यांकको ६३ प्रतिशत रहेको छ ।
त्यस्तै, खाना पकाउनका लागि एकसय २७ घरपरिवारले विजुली, ३१ घरपरिवारले गुइँठा र ११ सय ३७ घरपरिवारले बायोग्याँस प्रयोग गर्दै आएका छन् । एकसय ३३ घरपरिवारले मट्टितेल र २९ घरपरिवारले अन्य माध्यम प्रयोग गर्दे आएका राष्टिूय जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखामा ६९ हजार तीन सय ७० घर परिवार विजुली बत्ती बाल्ने गरेको तथ्यांकमा उल्लेख छ । सोलार÷सौर्य उर्जा प्रयोग गर्ने परिवारको संख्या १९ सय ३५, मट्टितेल प्रयोग गर्ने परिवारका संख्या एक सय ८७ रहेका छन् ।
बायोग्यास प्रयोग गर्ने परिवारको संख्या १६ र अन्य दुई २१ रहेको राष्ट्रितथ्यांक कार्यालयले जनाएको छ ।




