| सोमवार, कार्तिक २३, २०८३

गोरखाका बनमा डढेलोे लाग्ने क्रम बढ्यो, डढेलो लगाउनेलाई ३ वर्ष कैद र ६० हजार जरिवाना

केही दिनदेखि गोरखाका बनमा डढेलोे लाग्ने क्रम बढेको छ । सुख्खायाम सुरु भएसँगै डढेलोे लगाउने क्रम बढेको हो । बन डिभिजन कार्यालय गोरखाका अनुसार अहिले दैनिकजसो जिल्लाका बिभिन्न स्थानीय तहबाट बन डढेलोे लागेको खबर आउने गरेको छ ।

‘कहाँ कति डढेलोे लाग्यो भन्ने यकिन बिवरण नभएपनि डढेलोे लगाउने क्रम बढ्दो छ’ डिभिजन बन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले भने ‘हामी डढेलोे नियन्त्रण भन्दापनि लगाउनै हुँदैन भनेर रोकथाममा केन्द्रित छौँ ।’ गोरखामा एक लाख ३२ हजार हेक्टरभन्दाबढि बन क्षेत्र छ । यो मध्ये ३८ हजार पाँचसय मनास्लु संरक्षण क्षेत्र आयोजनामा पर्छ । त्यस बाहेकका जंगल डिभिजन बन कार्यालय मातहत छ । सामुदायिक बनहरुमा धेरै डढेलोे लाग्ने गरेको छ । गत वर्षको तुलनामा अनुमान गर्ने हो भने ५० भन्दाबढि ठाउँमा ठुलो डढेलोे लागेर बनक्षेत्र सखाप हुने गरेको कार्यालयले जनाएको छ । डढेलोेबाट हुर्कदैँ गरेका ९८ प्रतिशत बिरुवा नष्ट हुन्छन् ।

‘९६ प्रतिशत डढेलोे मान्छेले लगाउँछ, यो मध्येपनि ६४ प्रतिशत जानीजानी लगाउँछन’ डिभिजन प्रमुख श्रेष्ठले भने ‘डढेलोे लगाउन हुँदैन भन्ने सचेतना जगाउनु पहिलो आवश्यकता छ ।’ डढेलोे लगाउनेको प्रमाण सहितको पहिचान नहुँदा कारवाही गर्न समस्या भएको उनले बताए । ‘कसले डढेलोे लगायो भन्ने यकिन गर्न समस्या छ’ उनले भने ‘पहिचान भएको खण्डमा तीन वर्ष कैद, ६० हजार जरिवाना र जलेर नष्ट भएका रुखको बिगोपनि तिर्नुपर्छ ।’ डढेलोे लगाउनेको पहिचान गर्न समुदायका मानिस सक्रिय हुनुपर्ने उनले बताए । बन ऐन २०७६ ले डढेलोे लगाउनेलाई कारवाहीको ब्यवस्था गरेको छ । तर गोरखाका बनमा डढेलोे छपक्कै हुँदापनि कारवाही कसैलाई भएको छैन ।

डढेलोेबाट बन मात्रै नासिँदैन । त्यहाँ भएका बन्यजन्तुको बासस्थान लोप हुने, पानीको स्रोत सुक्ने, पर्यावरणमा असर पुग्ने, जलवायु परिर्वतन लगायतका समस्या सिर्जना हुने डिभिजन बन कार्यालयका सुचना अधिकारी महेश पौडेलले बताए । ‘आवधिक जग्गामा डढेलोे लगाउँदा सल्किएर बनमा डढेलोे लाग्ने गरेको घटना धेरै छ’ उनले भने ‘खेतबारी माथिको जंगलमा खरानी मल हुन्छ भनेर र जंगल बढ्यो भनेरपनि डढेलोे लगाउने गरेका छन् ।’

गोरखाका जंगलमा डढेलोे नियन्त्रण गर्न भौगोलिकताका कारण समस्या हुने गरेको छ । भिरालो ठाउँमा डढेलोे निभाउन गाह«ो हुने, रातको समयमा धेरै खबर आउने हुँदा निभाउन जान समस्या हुने सुचना अधिकारी पौडेलले बताए । डढेलोे नियन्त्रण गर्न ‘फायर फाईटिङ टिम’ पनि बनाइएको छ । ‘एउटा टिम सबैतिर जान सक्दैन, सामुदायिक बनमा लागेको डढेलोे त्यहाँका उपभोक्ताले निभाउने हो’ पौडेलले भने । बन डिभिजनले बिभिन्न सामुदायिक बन र स्थानीय तहमा आगो नियन्त्रणको अभ्यासबारे तालिम पनि दिँदै आएको छ ।

आगो निभाउने स्रोत साधान भने अभाव रहेको उनले बताए ।सामुदायिक बनहरुले पनि आगो निभाउने सामग्री नभएको जनाएको छ । ‘बन डिभिजन सँगपनि त्यस्ता सामग्री किनेर पुग्ने गरी बितरण गर्ने बजेट छैन’ सुचना अधिकारी पौडेलले भने ‘वर्षमा तीन÷चारवटा समुहलाई सामग्री हामीले बितरण गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्