
प्रहरीमाथि हातपात गर्ने दुईजना विरुद्ध मुद्दा दर्ता
प्रहरीमाथि हातपात गरेको अभियोगमा प्रहरीले गोरखा छेपेटारबाट २ जनालाई पक्राउ गरेको छ ।
सार्वजनिक स्थानमा अशान्ति मच्चाई हिड्ने गोरखा नगरपालिका–१० छेपेटारका ३६ बर्षका रणबहादुर थापा र सिद्वलेख गाउँपालिका–४ धादिङ घर भई हाल गोरखा नगरपालिका–१० छेपेटारमा बस्ने २९ बर्षका सुब्बा मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत सोमबार राती साँढे आठ बजे नगरपालिका १० टक्सारमा हो–हल्ला गरी हिडेको अबस्थामा उनीहरुलाई सम्झाइबुझाइ गर्न पुगेको प्रहरीमाथि नै उनीहरुले हातपात गरेको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए । त्यसपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




