
वन मुद्दाको सजायँ छलेर फरार रहेका लामा पक्राउ
वन मुद्दाको निर्धारित सजायँ भुक्तान नगरी फरार रहेका गोरखा पालुङटारका एक अभियुक्त पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा नं १० का २५ वर्षीय मदन लामालाई गत मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मंगलवार ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
उनलाई जिल्ला अदालतबाट फैसला भए बमोजिम २२ दिन कैद सजायका लागि कारागार पठाइएको उनले बताए ।




