
गोरखामा आठौ ओसन कप यु–१३ राष्ट्रिय च्याम्पियनसिप २०७९ हुने
गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा यु–१३ राष्ट्रिय च्याम्पियनसिप २०७९ हुने भएको छ । द ओसन क्लबको आयोजनामा आठौ ओसन कप हुन लागेको हो ।
यहि चैत्र २७ गते देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा १३ वर्ष मुनिका फुटबल खेलाडीहरु सहभागिता जनाउने क्लवले जनाएको छ । चार दिन सम्म चल्ने प्रतियोगिता क्लबको कृत्रिम घासे मैदान संचालन हुनेछ ।
प्रतियोगितामा देश भरिबाट १२ उत्कृष्ट एकेडेमी टिमहरुको सहभागिता रहने क्लवका सचिव सविन खत्रीले बताए । फुटबल प्रतियोगितामा सहभागी टोलिहरु द ओसन क्लब (गोरखा), द ओल्ड क्यापिटल मावि (गोरखा), लक्ष्मी सामुदायिक शिक्षा सदन (गोरखा), काठमाण्डौ किकर्स (काठमाण्डौ) ए बि सि एकेडेमी ( काठमाण्डौ), समाज कल्याण खेलकुद केन्द्र ( काठमाण्डौ), एफ सि रियले (भक्तपुर), वालिङ युनाईटेड( स्याङजा), जन जागृति युवा क्लब (सिमरा), काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर(झापा), र अल स्टार क्लब ( तनहु) नमस्ते देउरालि (तनहु) रहेका छन ।
प्रतियोगितामा सहभागि टोलिहरुलाई खाना खाजा र यातायात सुविधा आयोजकले व्यवस्था गरेको जनाएको छ ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेता टिमले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद बिस हजार प्राप्त गर्नेछ भने उपविजेता टोलिले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद दश हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था रहेको द ओसन क्लबले जनाएको छ ।




