
मानव सेवा आश्रम गोरखाको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान
गोरखामा निर्माधिन अवस्थामा रहेको मानव सेवा आश्रमको भवनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । गोरखा सेवा समाज कतारले १२ औं साधारण सभाको अवसरमा गोरखा नगरपालिका(७ को नगरपालिकामा निर्माणधिन रहेको भवनका लागि पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको समाजका निर्वतमान अध्यक्ष रामजी खत्रीले बताए ।
हाल निर्माणधिन मानवताको मन्दिर निमार्ण सम्पन्न गर्न थप सरल सहज होस् भन्ने उदेश्यका साथ रकम उपलब्ध गराएको उनले बताए । गोरखा सेवा समाज कतार परिवारको तर्फबाट एक कोठा निर्माण लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए ।
आर्थिक सहयोग उपलब्ध गराएकोमा मानव सेवा आश्रमले सेवा समाज कतारलाई धन्यवाद दिदै उक्त रकम निर्माणाधिन भवनमा प्रयोग गरिने बताएका छन




