
धार्चेमा चैत्र ५ देखि २८ गते सम्म दुई चरणमा निशुल्क मोतिविन्दु शिविर हुने
धार्चे गाउँपालिकामा आगामी चैत्र ५ गतेबाट निशुल्क मोतिविन्दु शिविर हुने भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र धार्चे गाउँपालिकाको व्यवस्थापनमा पालिका भित्रका सबै वडामा शिविर संचालन हुने भएको हो ।
दुई चरणमा पालिका भित्रका सात वटै वडामा निशुल्क मोतिविन्दु शिविर हुने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा ५ गते काशीगाउँ स्वास्थ्य चौकी, ६ गते केरौँजा स्वास्थ्य चौकी, ७ गते रुन्चेत सामुदायिक स्वास्थ्य ईकाइ, ८ गते हुल्चुक सामुदायिक स्वास्थ्य इकाई, ९ गते उहिया स्वास्थ्य चौकी र १० गते खोर्लागाउँ सामुदायिक स्वास्थ्य इकाईमा शिविर हुनेछ ।
त्यस्तै, दोस्रो चरण अन्तरगत चैत्र २३ गते भिरकुना सामुदायिक स्वास्थ्य इकाई, २४ गते लापु स्वास्थ्य चौकी, २५ गते लप्सिबोट सामुदायिक स्वास्थ्य इकाई र २६ गते गुम्दा स्वास्थ्य चौकीमा शिविर संचालन हुने जनाएको छ । २७ गते लाप्राक पुरानो गाउँ गाउँघर क्लिनिकमा र २८ गते सिङला सामुदायिक स्वास्थ्य केन्द्रमा शिविर संचालन हुने धार्चे गाउँपालिकाले जनाएको छ ।
पालिकाका विभिन्न वडामा आँखाको चेकजाँच गर्ने क्रममा मोतिविन्दु तथा जटिल समस्याका कारण शल्यक्रिया गर्नुपर्ने देखिएका व्यक्तिहरुलाई गाउँपालिका केन्द्र माछीखोलामा उपचार हुनेछ । वैशाख २२ र २३ गते गाउँपालिका केन्द्र माछीखोलामा मोतिविन्दुको शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ ।





