| सोमवार, कार्तिक २३, २०८३

लिगलिग चिनाउने एउटा ईभेन्ट ‘साईकल दौड’

लिगलिग चिनाउने एउटा पालुङटारको लिगलिगकोटमा चैत ४गतेबाट साईकल दौड हुँदैछ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा दौड हुन लागेको हो । यसअघि दुई पटक सम्म दौड प्रतियोगिता भईसकेको छ ।

चेपेदोभान देखि लिगलिगकोट सम्म दौडिएर पहिले पुगेका ब्यक्तिलाई राजा बनाउने इतिहाससँग सम्बन्धित लिगलिगे दौड त्यहाँ बिगतदेखि हुँदै आएको छ । पालुङटार नगरपालिका भित्र पर्ने आकर्षक र इतिहास बोकेको एउटा गन्तब्य हो लिगलिगकोट । लिगलिगकोटको प्रचार –प्रसारकालागि लिगलिगे दौड, त्यहाँबाट सुरु भएको दौडिएर राजा हुने इतिहास, कोट, गढी, किल्ला सबैको आफ्नो महत्व छ । लिगलिगकोटलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न त्यहाँ भौतिक पूर्वाधारहरु निर्माण भईरहेका छन् ।

नगरपालिका, प्रदेश र संघिय सरकारलेपनि बिभिन्न समयमा बजेट बिनियोजन गरेर काम गर्दै आएको छ । भलै अहिले सम्म जुन रुपमा हुनुपर्ने हो त्यो अनुसार लिगलिगकोटको बिकास हुन सकेको छैन । स्थानीय सरकार र बिभिन्न संघ संस्था, स्थानीय अगुवाहरुको पहलमा लिगलिगकोटलाई केन्द्रबिन्दु बनाएर गतिविधी भने भईरहेको छ । त्यो मध्येको लिगलिगकोट चिनाउने एउटा ‘ईभेन्ट’ पछिल्लो समय साईकल दौड पनि बनेको छ ।

झट्ट हेर्दा यो एउटा सामान्य इभेन्ट लाग्न सक्छ । तर यस्ता इभेन्ट निरन्तर हुन सके भने लिगलिगकोटको प्रचार प्रसारमा ठुलो मद्धत पुग्छ । हरेक वर्ष केही फरक ब्यक्तिहरु प्रतियोगितामा सहभागी हुन्छन् । आन्तरिक तथा बाह्य पर्यटकसम्म लिगलिगकोट चिनाउने एउटा मौका साईकल दौड बन्न सक्छ ।

लिगलिगकोटमा ठुलो राष्टिूय झण्डा राखिएको छ । त्यहाँ हेर्न जाने र फोटो खिचाउनेको बिदाका दिन बाक्लो उपस्थिती देखिन्छ । अहिले हुन लागेको साईकल दौडले साईकलका पारखिहरुलाई यहाँ सम्म आएर अन्य समयमा पनि रेस गर्न जोस बढ्न सक्छ । उनीहरुकालागि लिगलिगकोटको साईकल रुट नयाँ हुन सक्छ । साईकल दौड सँगै स्थानीयले यहाँको कला संस्कृती देखाउने, यहाँको उत्पादन बिक्री गर्ने हो भने आर्थिक रुपमा पनि यस्ता ईभेन्टले स्थानीयालाई दिगो फाईदा पु¥याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्